कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

कोहलपुरमा आगलागी हुँदा पसल जलेर नष्ट

रुपा गहतराज

बाँके — बाँकेको कोहलपुरमा गए राति आगलागी भएको छ । कोहलपुर नगरपालिका–३ मदनचोकस्थित कमलनाथ योगीको घरमा गए राति १ बजेतिर आगलागीबाट पसल जलेर नष्ट भए पनि मानवीय क्षति भने नभएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

कोहलपुरमा आगलागी हुँदा पसल जलेर नष्ट

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीका अनुसार घरधनी योगीको १० वटा कोठा भएको एक तले पक्की घरमा पाँच वटा सटरमा सञ्चालन गरिएका विभिन्न पसलहरूमा आगलागी भएको हो । तीमध्ये दिनेश शाहीले सञ्चालन गर्दै आएको उषा कस्मेटिक एन्ड सु सेन्टर (ब्युटिपार्लर) र करिश्मा टेलरिङ एन्ड ट्रेनिङ सेन्टरमा आगलागी भएको प्रहरीले जनाएको छ ।

क्रिष्टिना इम्पोरिएम एन्ड टेलरिङ सेन्टर, दीपिका पुस्तक पसल र चित्र कोट जनरल स्टोर पनि जलेर पूर्ण रूपमा नष्ट भएको प्रहरी प्रमुख तिवारीले बताए । उनका अनुसार पुराना तार सर्ट भएर क्रिष्टिना इम्पोरिएम एन्ड टेलरिङ सेन्टरबाट आगलागी भएको हो ।

स्थानीयबासी, नगर प्रहरी र इलाका प्रहरीका साथै नेपालगन्ज र बर्दियाको बाँसगढीबाट गएको दमकलले दुई घण्टाको प्रयासपछि आगो नियन्त्रणमा लिएको थियो । बुधबार बिहान पनि नेपालगन्जको बीपीचोकस्थित अफोज शेषले सञ्चालन गरेको जनता सिरक पसलमा आगलागी भएको थियो ।

प्रकाशित : मंसिर १४, २०८० १३:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×