कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

राज्यमन्त्री सिर्पालीद्वारा सिद्धमालिका विद्यालयमा एक लाखको अक्षय कोष स्थापना

गगनशिला खड्का

गुल्मी — संस्कृति, पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले बुवाआमाको सम्झनामा एक लाख रुपैयाँको अक्षय कोष स्थापना गरेकी छन् ।

जिल्लाको दुर्गम मानिने मालिका गाउँपालिका-२ स्थित सिद्धमालिका आधारभूत विद्यालयमा बुवा धनबहादुर धराली र आमा रोमिदेवी धरालीको स्मृतिमा एक लाख रुपैयाँको अक्षय कोष स्थापना गरेकी हुन् ।

आफ्ना बुबाआमाले समाजका लागि सकारात्मक काम गर्नुपर्छ भनेर प्रेरित गरेको भए पनि आफूले जनयुद्धमा लागेका कारण बुबाआमाको स्याहार गर्न नपाएको भन्दै उनले बुवाआमाको सम्झनामा अक्षय कोष स्थापना गरेको बताइन् । राज्यमन्त्री सिर्पालीले ५० लाखको लागतमा निर्मित ४ कोठे भवनको समेत उद्घाटन गरिन् ।

गाउँपालिका अध्यक्ष देवीराम अर्यालले आफ्नो माइतीगाउँको विद्यालयलाई सम्झेर अक्षय कोष स्थापना गरेकोमा राज्यमन्त्री सिर्पालीलाई धन्यवाद दिए । साथै उक्त विद्यालयमा शौचालय, खानेपानी लगायतका काम एक महिनाभित्र सम्पन्न गरेर भुक्तानीका लागि आउन व्यवस्थापन समितिलाई आग्रह गरे ।

प्रकाशित : मंसिर १३, २०८० १८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×