कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

बाँकेमा सैनिक सामग्री प्रदर्शनी 

रुपा गहतराज

नेपालगन्ज — बाँकेमा विद्यार्थीहरूलाई सेनाका गतिविधि, अनुशासन तथा सैन्य सामग्री लगायत जानकारी दिन सैनिक सामग्री प्रदर्शन गरिएको छ । 

बाँकेमा सैनिक सामग्री प्रदर्शनी 

नेपाली सेनासँग आबद्ध भएका बाँके र बर्दियाका १७ वटा विद्यालयका विद्यार्थीहरूका लागि सैनिक सामग्री प्रदर्शन गरिएको हो । मंगलबार बाँकेको राँझास्थित बज्रदल गणको आयोजनामा नेपाली सेनाले १० वटा स्टल राखेर प्रदर्शन गरिएको गणका गणपति एवं प्रमुख सेनानी रविन श्रेष्ठले बताए । उनका अनुसार विद्यार्थीलाई सेनाका क्रियाकलापबारे अवगत गराउने उद्देश्यले सैनिक सामग्री प्रदर्शन गरिएको हो ।

'युवा पुस्तामा देशप्रतिको भावना जगाउन पनि यस्ता कार्यक्रम गर्दै आइरहेका छौं,' उनले भने, 'यस्ता कार्यक्रमले विद्यार्थीहरुमा भएको सेना प्रतिको उत्सुकता, दृष्टिकोण र सेनाको अनुशासनका बारेमा उनीहरूले बुझ्नेछन् ।'

प्रदर्शनीमा सेनाका पौराणिक पोसाक, एनसीसी क्याडर, विपद्सम्बन्धी सामग्री, उद्धारमा प्रयोग गरिने सामग्री, माइनहरु, लडाइँमा प्रयोग गर्ने गाडीलगायत सामग्री राखिएको आबद्ध स्कुल समन्वय अधिकृत एवं बज्र दलका सेनानी शिव थापाले बताए ।

शैक्षिक अवस्था, खेलमा उत्कृष्ट नतिजा, एसईईको नतिजा, भौतिक संरचनालगायत विद्यालयको गुणस्तरको आधारमा इम्प्यानालड विद्यालय छनौट गरिएको समन्वय अधिकृत थापाले सुनाए । झण्डै नौ सय विद्यार्थीले प्रदर्शनी अवलोकन गरेका थिए । सो अवसरमा सेनासम्बन्धी वृत्तचित्र पनि देखाइएको थियो ।

प्रकाशित : मंसिर १२, २०८० १८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×