कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

सामाजिक न्याय र मौलिक हक कार्यान्वयनका लागि कानुन आवश्यक

अमृता अनमोल

बुटवल — लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले  सामाजिक न्याय र मौलिक हक कार्यान्वयनका लागि  कानुन आवश्यक रहेकोे बताएका छन् । संविधान कार्यान्वयनको ३ वर्षभित्र मौलिक हकमा आधारित कानुन निर्माण गर्ने भनिएपनि अहिलेसम्म नहुँदा सामाजिक न्याय स्थापना गर्न नसकिएको उनलेे बताए  ।

सामाजिक न्याय र मौलिक हक कार्यान्वयनका लागि कानुन आवश्यक

सोमबार बुटवलमा आयोजित पुनर्एकीकरण निर्देशिका र महिला श्रम अधिकार सम्बन्धी प्रदेश स्तरीय कार्यशालामा बोल्दै सभामुख घर्तिले महिला र श्रमको विषयमा अहिलेसम्म प्रदेशमा कुनै छलफलसम्म नभएको बताए । महिलाको श्रमलाई राष्ट्रिय आय र सामाजिक सुरक्षामा जोड्न प्रदेश कानुन बनाउन पहल गर्ने उनले बताए ।

सभामुख घर्तीले धेरै कानुन प्रदेश संचालन तथा सेवा सुबिधामा आधारित रहेको र त्यसपछि भौतिक विकासलाई सहज बनाउन बनाइएको बताउँदै अब सामाजिक न्याय र मानव अधिकारका लागि कानुन बनाउनुपर्ने बताए । उनले कार्यकारी भूमिकामा रहेको सरकारले कानुनको मस्यौदा नबनाउँदा समस्या भएको बताउँदै अब सामाजिक न्यायमा आधारित कानुन बनाउन सरकारलाई दबाब सिर्जना गर्ने दाबी गरे ।


तरंगीनी फाउन्डेसन ओरेक नेपाल र पौरखी नेपालले आयोजना गरेको कार्यशालामा अधिकारकर्मी रेनु अधिकारी र सुलोचना खनालले महिला र श्रम सम्बन्धी कार्यपत्रसहित सहजीकरण गरेका थिए ।


प्रकाशित : मंसिर ४, २०८० १९:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×