कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

कांग्रेसको गुल्मी जिल्ला सम्मेलन मंसिर ९ र १० मा हुने

घनश्याम गौतम

गुल्मी — नेपाली कांग्रेस गुल्मीले मंसिर ९ र १० गते दोस्रो जिल्ला सम्मेलन गर्ने भएको छ ।

कांग्रेसको गुल्मी जिल्ला सम्मेलन मंसिर ९ र १० मा हुने

सम्मेलनमा कांग्रेस केन्द्रीय सभापति शेरबहादुर देउवा, नेता डा. शेखर कोईराला, महामन्त्रीद्धय गगनकुमार थापा, विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य डा. चन्द्र भण्डारी, चन्द्र केसी, लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, उपसभापति भुवनप्रसाद श्रेष्ठसहितका नेता सहभागी हुने नेपाली कांग्रेस गुल्मीले सोमबार तम्घासमा पत्रकार सम्मेलन गरेर जानकारी गराएको छ ।

पत्रकार सम्मेलनमा सभापति खिलध्वज पन्थीले दोस्रो सम्मेलन उद्घाटन सत्रका लागि केन्द्रीय सभापतिसहित नेता शेखर कोइराला र महामन्त्रीद्वय थापा र शर्मासहितका नेताहरु सहभागी हुने बताएका छन् ।

सम्मेलनले पार्टीको अहिलेसम्म जिल्लामा भएका गतिविधि, नयाँ दहरुबाट पुराना दललाई देखिएको चुनौती र भावी कार्यदिशाका विषयमा गहन ढंगले छलफल गरेर निष्कर्षमा पुग्ने उनले बताए । ‘कांग्रेसको जिल्ला सम्मेलन भनेको पार्टीलाई कुन रुपमा अघि बढाउने र कस्तो बनाउने भन्ने महत्त्वपूर्ण थलो हो,’ उनले भने, ‘सम्मेलनका लागि चुनिएका १७ सय ४६ जना प्रतिनिधि र केन्द्रीय नेताहरुको सहभागितामा सम्मेलनले कांग्रेसको आगामी कार्यदिशा तय गर्नेछ ।’

सम्मेलन तयारीका लागि विभिन्न समिति र उपसमिति गठन गरेर तयारी तीव्र पारिएको कांग्रेस जिल्ला सहसचिव छवि पाण्डेले बताए । सम्मेलनले गुल्मी घोषणापत्र जारी गर्ने छ । कांग्रेसले हरेक वर्ष सम्मेलन गरेर पार्टीको योजना र नीति बनाउने, बैचारिक छलफल चलाउने गरी सम्मेलन गर्ने नीति अघि सारेपनि हरेक वर्ष हुन नसकेको र वैचारिक छलफल पनि चटक्कै छाडिएकाले दोस्रो सम्मेलनले त्यसको क्रम भंगता गर्दै कांग्रेसका भातृ संस्थाहरूसहित संगठन निर्माणमा चलायमान गराउने जिल्ला सचिव भगतसिंह खड्काले बताए ।

प्रकाशित : मंसिर ४, २०८० १६:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×