प्यूठानमा आमाछोरा मृत फेला

शमशेरविक्रम जीसी

प्यूठान — प्यूठानको नौबहिनी गाउँपालिका-३ खवांगमा आमाछोरा मृत फेला परेका छन् । स्थानीय २२ वर्षीया रिमा बुढामगर शुक्रबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

त्यसैगरी हराइरहेका ३ वर्षीय छोरा मुस्कान बुढामगर शनिबार मृत फेला परेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी नायव उपरीक्षक ईश्वर थापामगरले जानकारी दिए । घटनाको अनुसन्धान भइरहेको छ ।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख थापामगर नेतृत्वको टोली पुगेर अनुसन्धान गरिरहेको छ ।


प्रकाशित : मंसिर २, २०८० १८:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्थानीय तहको २६ प्रतिशत वित्तीय अनुदान कटौती गर्ने सरकारको निर्णयबारे तपाईं के धारणा छ ?