कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

शुद्धोधन गाउँपालिकामा कामकाज ठप्प 

मनोज पौडेल

कपिलवस्तु — शुद्धोधन गाउँपालिकाका उपाध्यक्ष होमप्रकाश चौधरी कुर्मीलाई कारबाहीको माग गर्दै कर्मचारीले गाउँपालिकाको कामकाज ठप्प पारेका छन् । उपाध्यक्ष कुर्मीले प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ज्ञवालीलाई बिहीबार कार्यकक्षमै हातपात गर्दै गालीगलौज गरेका थिए । कर्मचारीले त्यसको विरोध गर्दै गाउँपालिका र ६ वटा वडा कार्यालयबाट हुने सेवा प्रवाह रोकेपछि सेवाग्राही मारमा परेका छन् ।

शुद्धोधन गाउँपालिकामा कामकाज ठप्प 

उपाध्यक्षलाई पक्राउ गरी कारबाहीको माग गर्दै अध्यक्ष कमलेशशरण चौधरी र अधिकृत ज्ञवालीले जिल्ला प्रशासन र प्रहरी कार्यालयमा बिहीबार निवेदन दिएका छन् । उपाध्यक्ष चौधरी कुर्मी अझै पक्राउ परेका छैनन् । प्रक्रिया पुर्‍याएर उपाध्यक्षलाई कारबाहीको दायरामा ल्याइनुपर्ने प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बताए ।

यता जिल्लाका १० स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतले पनि उपाध्यक्षलाई कडा कारबाहीको माग गर्दै शुक्रबार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् ।

बिहीबार दिउँसो २ बजेतिर अधिकृत ज्ञवालीको कार्यक्रममा प्रवेश गरेर उपाध्यक्षले हातपात गरी गालीगलौज गरेका थिए । वादविवादका क्रममा ज्ञवालीको टेवुलको सिसा पनि फुटेको छ । गाडी चहियो भन्दै हातपात गरेको अधिकृत ज्ञवालीले बताए ।

उपाध्यक्ष कुर्मीले आफ्नो अधिकारले पाएका विषयवस्तुमा तोक आदेश गर्दा बेवास्ता गरेका र कामविशेषले कार्यालयको गाडी माग्दा नदिएकाले विवाद भएको बताए ।

प्रकाशित : कार्तिक १७, २०८० १६:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×