कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

बाढीले दशगजा कटान

कमल पन्थी

बर्दिया — बबई नदीमा आएको बाढीले गुलरियास्थित मस्जदियानजिक दशगजा क्षेत्र कटान गरेको छ । सशस्त्र सीमा बलका अनुसार आइतबारको बाढीले करिब ५ कठ्ठा दशगजा कटान गरेको अनुमान गरिएको छ ।

नदीको धार परिवर्तन हुँदा भारतीय सीमातर्फ कटान भइरहेको छ । जलसतह घटेपछि मात्र कति जमिन कटान भयो भन्ने यकिन हुने पनि सशस्त्र प्रहरी बल, बर्दियाले जनाएको छ । बबईमा जलस्तर बढी भएकोले यस क्षेत्रमा दशगजा र सीमास्तम्भ देखिन छाडेको स्थानीयले बताएका छन् । गुलरिया नगरपालिका—१० मस्जदियास्थित नेपाल–भारत सीमा छुट्टाउने ६७१/७ नम्बरको सीमा स्तम्भ बगाएको आशंका गरिएको स्थानीय दीपु चौधरीले बताए ।

प्रमुख जिल्ला अधिकारी नारायण रिसालले सीमा स्तम्भ बगाएको भन्न नमिल्ने बताए । ‘सीमा स्तम्भ माथिबाट बाढीको पानी बगिरहेकोले देखिन छाडेको छ,’उनले भने, ‘जलबहाव कम भएपछि मात्र सीमा स्तम्भ भए/नभएको थाहा हुन सक्छ ।’

प्रकाशित : श्रावण ३०, २०८० ११:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

x
×