कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७२

पहिरोले अवरुद्ध सिद्धार्थ राजमार्ग एकतर्फी सञ्चालन

माधव अर्याल

पाल्पा — अविरल वर्षासँगै खसेको पहिरोले अवरुद्ध भएको सिद्धार्थ राजमार्ग आठ घन्टापछि एकतर्फी सञ्चालनमा आएको छ ।राजमार्ग अन्तर्गत पाल्पा–बुटवल सडक खण्डको तिनाउ गाउँपालिका–३, भूतखोला दोभान क्षेत्रमा खसेको पहिरो पन्छाएपछि राजमार्गमा एकतर्फी सवारी साधन सञ्चालनमा आएको दोभान प्रहरी चौकीले जनाएको छ ।

पहिरोले अवरुद्ध सिद्धार्थ राजमार्ग एकतर्फी सञ्चालन

पहिरो आइतबार राति पौने १२ बजे खसेको हो । प्रहरीका अनुसार सडक डिभिजन कार्यालयले बिहान ५ बजेदेखि डोजर र मेसिन लगाएर पहिरो पन्छाउने काम गरेको भए पनि दुईतर्फी सञ्चालन हुन भने अझ चार घन्टा लाग्ने छ ।

पहिरो खसेर अवरुद्ध भएका सवारी साधन दुई तर्फबाट पालैपालो गरी गन्तव्यतर्फ पठाइएको दोभान प्रहरी चौकीले जनाएको छ । पहिरोसँगै रुख, ढुंगा, माटोसहित खसेकाले पन्छाउन समय लागेको प्रहरीले जनाएको छ । राजमार्ग अवरुद्ध भएपछि रुपन्देही, नवलपरासी, कपिलवस्तु लगायतका तराईबाट पहाड जाने र पहाडबाट तराई झरेको सवारी साधन बाटोमै रोकिएका थिए ।

राजमार्ग भएर पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङजा, कास्की, पर्वत, म्याग्दी, मुस्ताङ, बाग्लुङसम्मका दैनिक १० हजार सवारी साधन सञ्चालन हुन्छ ।

प्रकाशित : श्रावण २९, २०८० ०८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?