कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५२

पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध

माधव अर्याल

पाल्पा — अविरल वर्षासँगै खसेको पहिरोले आइतबार रातिदेखि सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । राजमार्ग अन्तर्गत पाल्पा–बुटवल सडक खण्डको तिनाउ गाउँपालिका–३, भूतखोला दोभान क्षेत्रमा ठूलो पहिरो खसेको दोभान प्रहरी चौकीले जनाएको छ । पहिरो आइतबार राति पौने १२ बजे खसेको हो ।

पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध

प्रहरीका अनुसार सडक डिभिजन कार्यालयले डोजर लगाएर बिहान ५ बजेदेखि पहिरो पन्छाउने काम गरिरहेको छ । पहिरोसँगै रुख, ढुंगा, माटोसहित खसेकाले पन्छाउन समय लाग्ने दोभान प्रहरी चौकीले जनाएको छ ।

यस क्षेत्रमा यसअघि पनि पहिरो खसेको थियो । पहिरो पन्छाएर मात्र सवारी साधन सञ्चालन गर्न सकिने भएकाले सडक सुचारु हुन अझै कम्तीमा तीन घन्टा लाग्ने प्रहरीले जनाएको छ ।


राजमार्ग अवरुद्ध भएपछि रुपन्देही, नवलपरासी, कपिलवस्तु लगायतका तराईबाट पहाड जाने र पहाडबाट तराई झरेको सवारी साधन बाटोमै रोकिएका छन् । राजमार्ग भएर पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, कास्की, पर्वत, म्याग्दी, मुस्ताङ, बाग्लुङसम्मका सवारी साधन सञ्चालन हुन्छ ।




प्रकाशित : श्रावण २९, २०८० ०६:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?