कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

शाैचालय गएका वृद्धको खोलाले बगाएर मृत्यु

दुर्गालाल केसी

दाङ — दाङमा खोलाले बगाएर एक वृद्धको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका–११ झमरेका ६४ वर्षीय तिलकराम बिकको आइतबार पत्रे खोलाले बगाएर मृत्यु भएको हो । 

शाैचालय गएका वृद्धको खोलाले बगाएर मृत्यु

बिहान पत्रेखोला किनारमा शौच गर्न गएका बिक बगाएर वेपत्ता भएका थिए ।

निकैबेरसम्म घर नफर्केपछि परिवारका सदस्यहरु खोज्न जाँदा खोला किनारमा छाता, चस्मा र लट्ठी फेला परेको थियो ।

प्रहरीले खबर पाएपछि जिल्ला प्रहरी कार्यालय लगायत विभिन्न प्रहरी इकाईबाट खटिएका प्रहरीले खोजतलास सुरु गरेका थिए ।

खोज्दै जाँदा करिब ७ किलोमिटर तल घोराही–९ तेघरास्थित हापुर खोला किनारमा बिक मृत फेला परेको प्रहरी निरीक्षक मीरा खड्काले बताइन् ।

प्रकाशित : श्रावण २८, २०८० १७:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×