कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

१७ घण्टादेखि भालुवाङ-प्यूठान सडक अवरुद्ध

शमशेरविक्रम जीसी

प्यूठान — सुक्खा पहिरो खस्दा अवरुद्ध भएको भालुवाङ-प्यूठान सडक अझै खुल्न सकेको छैन । बुधबार राति १० बजेतिर माण्डवी गाउँपालिका गर्जेनीमा सुक्खा पहिरो झर्दा सडक अवरुद्ध भएको हो । सडकभन्दा ६० मिटर माथिबाट सुक्खा पहिरो झरेर सडक पूर्णरुपमा ठप्प भएको सडक डिभिजन कार्यालय चकचकेका सवईन्जिनियर प्रकाश अधिकारीले बताए ।

१७ घण्टादेखि भालुवाङ-प्यूठान सडक अवरुद्ध

उनका अनुसार बिहानैदेखि सडकको दुबै तर्फबाट मेसिन लगाएर सडक खुलाउने प्रयास जारी छ ।

पटक-पटक पहिरो जाँदा सोही क्षेत्रमा सडक अवरुद्ध हुँदै आएको थियो । तर हिजो रातिको पहिरो अहिलेसम्मकै ठूलो भएकाले सडक खुलाउन समय लाग्ने अधिकारीले जानकारी दिए । रातिदेखि नै यातायातका साधन ठप्प भए पनि यात्रुहरु भने हिँडेरै पहिरो वारपार गरिरहेका छन् । कार्यालयले भने प्यूठान मुर्कूटी दाङ घोराहीको सडक प्रयोग गर्न आग्रह गरेको छ ।


प्रकाशित : श्रावण १८, २०८० १६:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

रुसी सेनामा संलग्न ३५ नेपालीको मृत्यु भइसक्दा पनि सरकारले किन थप नेपालीलाई फिर्ता गर्न सकेको छैन ?

x
×