कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७

बालिका बलात्कारको आरोपमा एक जना पक्राउ

अमृता अनमोल

बुटवल — बालिका बलात्कारको अभियोगमा रुपन्देही प्रहरीले एक जनालाई पक्राउ गरेको छ । १२ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा सियारी गाउँपालिका–४ ओर्लहबाका ५० वर्षीय चन्द्रिका हरिजन पक्राउ परेका हुन् ।

बालिका बलात्कारको आरोपमा एक जना पक्राउ

हरिजनले छिमेकी बालिकालाई शुक्रबार बिहान जबर्जस्ती करणी गरेको आरोप लागेको छ । स्थानीयको उजुरीपछि भागेका उनलाई सोमबार इलाका प्रहरी कार्यालय छपियाबाट खटिएको प्रहरीले पक्राउ गरेको रुपन्देही प्रहरी प्रवक्ता श्यामू अर्यालले बताए ।

अभियुक्तलाई सोमबार नै करणी मुद्दामा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : असार १९, २०८० ०८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचार निवारण ऐन संशोधन विधेयकमा निजी क्षेत्र पनि अख्तियारको दायराभित्र पर्ने गरी प्रस्तावित व्यवस्थाबारे तपाईंको धारणा के छ ?

x
×