कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६६

विद्युत् अनियमितताविरुद्ध सडकमै सुतेर विरोध

रूपा गहतराज

नेपालगन्ज — नेपालगन्जमा भइरहेको विद्युत् अनियमितता विरुद्ध सडकमा सुतेर दबाब दिइएको छ । विद्युत् अनियमितता हुँदा मर्का परेको भन्दै नेपाल विद्युत् प्राधिकरण नेपालगन्ज वितरण केन्द्रमा पुगेर नागरिक अगुवा, सर्वसाधारण लगायतले घेराउ गरेका थिए । घेराउ गर्ने क्रममा उनीहरुले चर्का नाराबाजी गरे । आक्रोशित स्थानीयले चर्को गर्मीमा सडकमै सुतेर विरोध जनाए ।

विद्युत् अनियमितताविरुद्ध सडकमै सुतेर विरोध

स्थानीयले गत जेठ ११ गते विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रका प्रमुखलाई विद्युत् नियमित गर्न माग गर्दै ज्ञापनपत्र बुझाएका थिए । तर, माग सुनुवाइ नभएको उनीहरुको भनाइ छ । सो क्रममा नागरिक समाजका अगुवा कृष्णप्रसाद श्रेष्ठ, बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाह, करिस्मा योगी, प्रकाश कुँवर लगायतले सम्बोधन गरेका थिए ।

प्राधिकरण नेपालगन्ज वितरण केन्द्रका प्रमुख दिवाकर प्याकुरेलले समस्या समाधानका लागि विद्युत् कार्यालयले काम गरिरहेको बताएका थिए । सो क्रममा उनीहरुले वितरण केन्द्र प्रमुख प्याकुरेललाई ज्ञापनपत्र समेत बुझाएका छन् ।

प्रकाशित : असार ४, २०८० ०८:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×