१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

पाल्पाको हुँगीमा ३७२ बोरा भारतीय रासायनिक मल बरामद 

माधव अर्याल

पाल्पा — कालीगण्डकी करिडोर अन्तर्गत पिपलडाँडा–रामपुर सडकखण्डको रम्भा गाउँपालिका–१, हुँगी पाल्पाबाट प्रहरीले ३ सय ७२ बोरा अवैध भारतीय कम्पनीको रासायनिक मल शनिबार बरामद गरेको छ ।

पाल्पाको हुँगीमा ३७२ बोरा भारतीय रासायनिक मल बरामद 

अवैध मलसहितको लु २ ख ३८१ नम्बरको ट्रकसमेत नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए ।

पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१२, शान्तिचौर कसियाबाट पाल्पाको रामपुर नगरपालिका बेझाडतर्फ मल लिएर गएको ट्रक प्रहरीले नियन्त्रणमा लिएको हो ।

हुँगी प्रहरी चौकीको टोलीले जाँच गर्दा ट्रकभित्र भारतीय जनउर्वरक परियोजना भारत युरिया नामक युरिया मल बरामद भएको प्रहरीले जनाएको छ । उक्त मल रामपुरस्थित प्रतिमा प्रतिक इन्टरप्राइजेजको नाममा आएको छ । तर उक्त ट्रकले पहिले चामलको बिल देखाएको र पछि अनुसन्धान गर्दै गर्दा युरियाको बिल फेला परेको स्रोतले जनाएको छ ।

पाल्पाको हुँगी प्रहरी चौकी र इलाका प्रहरी कार्यालय रामपुरले चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धन गरिरहेको छ । फेला परेको ३ सय ७२ बोरा भारतीयय रासायनिक मल, त्यसका बिल, आयात गर्ने व्यापारीलगायतका विषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक लक्ष्मण देवकोटाले बताए ।

केही दिनअघि रामपुरमै रामपुरको हराभरा कृषि सहकारीले अनुदानको मल एग्रोभेट पसललाई मल बिक्री गरेको थियो । रामपुर–७, को हराभरा कृषि सहकारी संस्थाले किसानका लागि अनुदानमा प्राप्त मल एग्रोभेटलाई बिक्री गरेको भेटिएपछि रामपुर नगरपालिकाले अनुसन्धान गरिरहेको छ ।

प्रकाशित : जेष्ठ २७, २०८० ११:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?