बुटवलका मासु पसलमा अनुगमन, १ सय केजी अखाद्य मासु जफत

अमृता अनमोल

बुटवल — भारतीय सीमावर्ती बजारबाट अवैध मासुजन्य पदार्थ भित्रिएको हल्ला चलेपछि बुटवल उपमहानगरपालिकाले मासु पसलहरुमा अनुगमन तीव्र बनाएको छ ।

बुटवलका मासु पसलमा अनुगमन, १ सय केजी अखाद्य मासु जफत

२९ वटा मासु पसल र सप्लायर्समा अनुगमन गर्दा १ सय १ किलो अखाद्य मासु र ४ प्याकेट अखाद्य ससेज भेटिएको छ ।

यस क्रममा उक्त अखाद्य मासु र मासुजन्य पदार्थ जफत गरी नष्ट गरिएको छ । मापदण्ड पूरा नगरेका, अखाद्य मासु बिक्रीका लागि राखेका पसलहरुबाट ४० हजार जरिवाना रकम उठेको छ ।

अनगुमनका क्रममा मापदण्ड पूरा नगरेका, बधस्थल फोहोर र अव्यवस्थित पाइएको, मासु पसल र अन्य पसलहरु एकै ठाउँमा राखिएको, व्यवसाय दर्ता नगरेका जस्ता मासु पसल तथा सप्लायर्सहरुलाई सुधार गर्न निर्देशन दिइएको बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले बताइन् ।

उनले मासुको गुणस्तर र मापदण्ड पूरा नगरेकाहरुलाई कानुनी दायरामा ल्याउने र निरन्तर अनुगमन गरी व्यवस्थित बनाउने बताइन् ।

प्रकाशित : जेष्ठ २४, २०८० १९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?