१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

माछापोखरीमा डुबेर एक बालिकाको मृत्यु

नवीन पौडेल

पश्चिम नवलपरासी — पश्चिम नवलपरासीको रामग्राममा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ भने एक जना  घाइते भएकी छन्। रामग्राम नगरपालिका -१० नदुवास्थित  श्रीनिवास केवटको माछापोखरीमा पौडी खेल्ने क्रममा ११ वर्षीया युनिषा खत्रीको निधन भएको प्रहरीले जनाएको छ । 

माछापोखरीमा डुबेर एक बालिकाको मृत्यु

प्रहरीका अनुसार पौडी खेल्ने क्रममा खोटाङ घर भई रामग्राम नगरपालिका नदुवा बस्दै आएका लेखराज खत्रीका दुई छोरी युनिषा खत्री र मुना खत्री पौडी खेल्ने क्रममा घाइते भएका थिए ।

घाइते भएका दुवै बालिकालाई उपचारका लागि पृथ्वीचन्द्र अस्पतालमा लगिएको भए पनि उपचारको क्रममा ११ वर्षकी युनिषा खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेले बताए। घाइते भएकी ७ वर्षकी मुना खत्रीलाई थप उपचारका लागि भैरहवा मेडिकल कलेजमा रिफर गरिएको छ ।

प्रकाशित : जेष्ठ २२, २०८० १६:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?