कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

गर्मी बढेपछि नेपालगन्जका विद्यालय ३ दिन बन्द

रूपा गहतराज

नेपालगन्ज — अत्यधिक गर्मी बढेपछि नेपालगन्जका बिद्यालय बन्द हुने भएका छन् । गर्मी बढेपछि नेपालगन्ज उपमहानगरपालिका र खजुरा गाउँपालिकाले आफ्नो क्षेत्रका विद्यालय बन्द गर्न निर्देशन दिएको हो ।

गर्मी बढेपछि नेपालगन्जका विद्यालय ३ दिन बन्द

नेपालगन्ज उपमहानगरपालिकाका शिक्षा, युवा तथा खेलकुद महाशाखाका उपसचिव गोर्खबहादुर थापाले सामुदायिक, मदरसा र संस्थागत विद्यालयलाई आगामी समयमा हुने बर्खे बिदाबाट कट्टा हुने गरी यही जेठ २१ गते आइतबारदेखि २३ गते मंगलबारसम्म विद्यालय बन्द गर्ने बताए ।

‘अत्यधिक गर्मी भइ पठनपाठनमा अत्यधिक कठिनाइ भएकोले यस प्रतिकूल मौसमलाई मध्यनजर गरी यस उपमहानगरपालिका अन्तर्गत सञ्चालित सम्पूर्ण सामुदायिक (मदरसा समेत) तथा संस्थागत विद्यालयमा आगामी समयमा हुने बर्खे बिदाबाट कट्टा हुने गरी बिदा गर्न भनेका छौं,’ उनले भने ।

यस्तै जिल्लाको खजुरा गाउँपालिका आफ्नो क्षेत्रभित्रका सबै विद्यालय पनि तीन दिनका लागि बन्द गरेको छ । खजुराले यही जेठ १७ गतेदेखि १९ गतेसम्म गर्मी बिदा गर्न विद्यालयहरूलाई निर्देशन दिइएको हो । जिल्लाका अन्य स्थानीय तह पनि गर्मी बिदा गर्ने तयारीमा रहेका छन् ।

अत्यधिक गर्मीका कारण बालबालिकाहरु बिरामी पर्न थालेका छन् । दिनको तापक्रम ४० डिग्रीसम्म पुग्ने गरेको छ ।

गर्मी र खानपानका कारण झाडापखालाले बालबालिका प्रभावित हुन थालेका चिकित्सकहरुले बताएका छन् । अत्यधिक गर्मीका कारण कतिपय बालबालिका विद्यालयमै बिरामी पर्न थालेको विद्यालय प्रशासनले जनाएको छ । विद्यार्थीमा ज्वरो आउने, टाउको दुख्ने र बान्ता समेत हुने गरेको छ ।

प्रकाशित : जेष्ठ १९, २०८० ०७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×