कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५३

रामग्राम र प्रतापपुरमा उच्च शिक्षा अध्ययनरत छात्रालाई निःशुल्क साइकल

नवीन पौडेल

परासी — पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले प्रदेश सरकारको सहयोगमा छात्राहरूलाई साइकल प्रदान गरेको छ । सदरमुकाम परासीस्थित पवन माध्यमिक विद्यालयमा अध्ययनरत १ सय १२ जना छात्रालाई निःशुल्क साइकल वितरण गरिएको हो । 

रामग्राम र प्रतापपुरमा उच्च शिक्षा अध्ययनरत छात्रालाई निःशुल्क साइकल

प्रदेश सरकारको छोरी पढाउ छोरी बचाउ कार्यक्रमअर्न्तगत उच्च शिक्षा हासिल गर्नका लागि प्रोत्साहनस्वरुप साइकल प्रदान गरीएको रामग्राम नगरपालिकाका प्रमुख धनपत यादवले बताए ।

तराई भेगमा छोरीलाई छिट्टै विवाह गर्ने र बीचमै अध्ययन छाड्ने प्रवृत्ति बढेपछि प्रोत्साहन स्वरुप यस्तो कार्यक्रम सञ्चालन गरिएको हो ।

यसैगरी जिल्लाको प्रतापपुर गाउँपालिकाले पनि १ सय २० छात्रालाई साइकल उपलब्ध गराएको छ । गाउँपालिकाभित्र कक्षा १२ पास गरेर स्नातक तह अध्ययन गरिरहेका छात्रालाई सार्वजनिक रुपमा निवेदन माग गरेर साइकल वितरण गरिएको प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवले बताए । जिल्लाका अन्य पालिकाले पनी यसअघि शैक्षिक स्तर सुधारका लागि भन्दै छात्रा केन्द्रित कार्यक्रम सञ्चालन गर्दै आएका छन् । ग्रामीण भेगमा क्याम्पस जानका लागि सवारीको सुविधा नहुदा समयमा नै क्याम्पस जान नसक्ने र बीचमै अध्ययन छाड्न बाध्य विपन्न वर्गका विद्यार्थीलाई साइकल उपलब्ध भएपछि सहज भएको छ ।

प्रकाशित : वैशाख ३१, २०८० १२:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×