कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

कालीगण्डकीमा डुबेर किशोर बेपत्ता 

माधव अर्याल

पाल्पा — रामपुर नगरपालिका–४, कोप्चेघाटस्थित कालीगण्डकी नदीमा डुबेर शनिबार एक किशोर बेपत्ता भएका छन् । रामपुर नगरपालिका–५, बेझाडस्थित एडिक्ट ट्याटु हाउसमा काम गर्ने २१ वर्षीय अभिषेक राउत पौडी खेल्ने क्रममा कालीगण्डकी नदीमा बेपत्ता भएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी वीरेन्द्र थापाका अनुसार भारत हिमाञ्चल प्रदेश कसैली घर भई रामपुरमा ट्याटु हाउस संचालन गरेर बस्दै आएका राउत बेपत्ता भएपछि स्थानीय बासिन्दा, प्रहरी लगायतले खोजी कार्य जारी राखेका छन् ।

इलाका प्रहरी कार्यालय रामपुरका अनुसार घटनाका विषयमा थप अनुसन्धान भइरहेको छ ।


प्रकाशित : वैशाख १६, २०८० १८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

x
×