कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

तिनाउ खोलामा डुबेर किशोर बेपत्ता

माधब अर्याल

पाल्पा — तिनाउ खोलामा साथीहरुसँगै पौडी खेल्न गएका एक किशोर बुधबार अपराह्नदेखि बेपत्ता भएका छन् ।

तिनाउ गाउँपालिका–३, दोभान ड्यामसाइडस्थित तिनाउ खोलामा डुबेर बुधबार रूपन्देहीको सिद्धार्थ नगरपालिका–८, भैरहवा गल्लामण्डीका १७ वर्षीय शिशिर उपाध्याय बेपत्ता भएका छन् ।

बेपत्ता किशोरको प्रहरी, स्थानीय र आफन्तले खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए ।

प्रकाशित : वैशाख १३, २०८० १७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

x
×