कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

लुम्बिनी प्रदेशमा मानवीय विकासमा थप लगानी गर्नुपर्नेछ : मुख्यमन्त्री गिरी

अमृता अनमोल

बुटवल — लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले लुम्बिनी प्रदेश मानवीय विकासमा पछाडि रहेकाले थप स्रोत र साधनसहित लगानी गर्नुपर्ने बताएका छन् । प्रजनन स्वास्थ्य, लैंगिक हिंसा, सामाजिक हिंसालगायतमा प्रदेश पछाडि रहेकाले त्यसलाई सुधार्न थप मेहनत गर्नुपर्ने उनले जनाए ।

लुम्बिनी प्रदेशमा मानवीय विकासमा थप लगानी गर्नुपर्नेछ : मुख्यमन्त्री गिरी

बिहीबार बुटवलमा यूएसएड नागरिक समाज र सञ्चार परियोजनाको शुभारम्भ गर्दै मुख्यमन्त्री सीमान्तीकृत समुदायको बाक्लो उपस्थिति रहेको प्रदेशमा उनीहरूको जीवनस्तर सुधार्न चुनौति रहेको बताए । चुनौति चिर्न प्रदेश सरकार, नागरिक समाज र साझेदार निकाय समन्वयमा अगाडि बढ्नुपर्ने उनले जनाए । प्रदेश सरकारले सीमान्तीकृत समुदायको शिक्षा स्वास्थ्य र जीविकोपार्जनमा लगानी गरे पनि त्यसको उचित प्रतिफल आइनसकेको मुख्यमन्त्रीले बताए ।

मुख्यमन्त्री गिरीले सरकार र नागरिक समाज मिलेर काम गर्न सके सीमान्तीकृत समुदायको जीवनस्तर उठाउन, राज्यको पहुँचमा पुर्‍याउन र सरकारी नीति एवं कार्यक्रममा उनीहरूलाई समेट्न सकिने बताए ।

यूएसएड नेपालकी प्रमुख सेपिदे केभिएन्शाद र लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले संयुक्त रूपमा यूएसएड नागरिक समाज र सञ्चार (सीएसएम)कार्यक्रमको सुरुआत गरेका थिए । साढे १८ मिलियन अमेरिकी डलर सहयोगमा पाँच वर्षसम्म चल्ने सीएसएम कार्यक्रमले पारदर्शी, जवाफदेही र जिम्मेवार नागरिक समाज र मिडियाको माध्यमद्वारा समावेशी विकास गर्न लुम्बिनी र मधेस प्रदेशमा केन्द्रित हुनेछ । कार्यक्रमले महिला, युवा र सीमान्तकृत समुदायको विकासका लागि तिनकै नेतृत्वमा सञ्चालित स्थानीय नागरिक समाज र मिडियाको सबलीकरणलाई सहयोग गर्ने बताइएको छ ।

कार्यक्रममा लुम्बिनी प्रदेश सभाका सदस्य सुशीला वादी, फातिमा फाउन्डेशनका अध्यक्ष मैमूना सिद्दिकी र पत्रकार विनोद परियारले लोकतन्त्रमा नागरिक समाज र मिडियाको भूमिकाबारे बताएका थिए ।

युएसएड नेपालकी प्रमुख सेपिदे केभिएन्शादले सरकार, नागरिक समाज, मिडिया र सीमान्तीकृत समुदाय, युवा र महिलाको भूमिका स्थानीय मुद्दाको समाधानमा अत्यन्तै महत्त्वपूर्ण हुने बताए ।

द एसिया फाउन्डेसनका नेपालप्रतिनिधि मेगन नाल्बोले प्रदेश र स्थानीय सरकारसँग सहकार्य गर्दै स्थानीय समस्या समाधान गर्न सघाउने बताए ।

प्रकाशित : चैत्र ३०, २०७९ १९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×