कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

बलात्कार आरोपित कवाडिया फरार

रुपा गहतराज

नेपालगन्ज — नेपालगन्ज उपमहानगरपालिका ११ का सलमान कवाडियाले घरमा काम गर्न बोलाएर मजदुर महिलामाथि शनिबार जबरजस्ती करणी गरेको आरोप लागेको छ । ३२ वर्षीया एक महिलालाई कवाडियाले शनिबार अपराह्न ५ बजे बलात्कार गरेको पीडित पक्षले आरोप लगाएको छ ।

आफूलाई कवाडियाले जबरजस्ती करणी गरेको भन्दै पीडित महिलाले आइतबार प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । कवाडिया भने फरार रहेको बाँकेका एसपी सन्तोष राठौरले बताए ।

मजदुरको एक समूहले आइतबार बिहान कवाडियाको घरसमेत घेरेका थिए । मजदुरी गरेर जीविका चलाइरहेका विपन्न तथा गरीब परिवारका सदस्यहरू कामका लागि नेपालगन्ज पुगेर दिनभरि मजदुरी गरेर घर फर्किने गर्छन् ।

प्रकाशित : चैत्र १९, २०७९ २१:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचार निवारण ऐन संशोधन विधेयकमा निजी क्षेत्र पनि अख्तियारको दायराभित्र पर्ने गरी प्रस्तावित व्यवस्थाबारे तपाईंको धारणा के छ ?

x
×