पाँच महिनाभित्र परिणाम दिनेतर्फ सरकार नगए जनताको धैर्यता टुट्छ : महामन्त्री थापा   

रुपा गहतराज

नेपालगन्ज — नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पाँच महिनाभित्र परिणाम दिने दिशामा सरकार अगाडि नबढे जनताको धैर्यता टुट्ने बताएका छन्  । ‘अबको पाँच महिनाभित्र परिणाम दिने दिशामा सरकार अघि बढ्नुपर्ने आवश्यक छ,’ उनले भने,‘अब न सरकारलाई समयको सुविधा छ न त नागरिकमा धैर्यता छ, त्यसैले परिणाम दिने गरी काम गर्नुको विकल्प छैन ।’ 

कांग्रेस बाँकेको प्रथम जिल्ला सम्मेलनलाई शनिबार नेपालगन्जमा सम्बोधनका क्रममा महामन्त्री थापाले आफ्नो पार्टीबाट सरकारमा गएका मन्त्रीहरुलाई छुटको सुविधा नभएको भन्दै परिणाम नदिने मन्त्रीहरुलाई फिर्ता बोलाइने बताए ।

महामन्त्री थापाले आगामी २०८४ को चुनावमा कांग्रेस एक्लै लड्ने तयारीका साथ अगाडि बढ्ने समेत बताए । उनले निर्वाचन प्रणाली बदलेर भए पनि निर्वाचन अघिको गठबन्धनको औचित्य अन्त्य गर्नुपर्ने तर्क गरे । निर्वाचन अघिको गठबन्धनले पार्टी जीवनलाई ध्वस्त बनाउने उनले जिकिर गरे ।

महामन्त्री थापाले गठबन्धन गरेर निर्वाचन लडेका कारण अर्को चुनावसम्म यही गठबन्धनले सँगसँगै बसेर काम गर्नुपर्ने बताए ।

कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलले सम्मेलनमा प्रस्तुत नीति तथा कार्यक्रम, सचिव सुधांशु कोइरालाको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष यज्ञबहादुर बस्नेतको आर्थिक प्रतिवेदन पारित गरिएको छ । त्यसक्रममा प्रजातन्त्र सेनानी, पूर्वपार्टी सभापति, उत्कृष्ट वडा सभापति, महिला वडा सभापति, सहिद परिवार तथा जनआन्दोलन र द्वन्द्वका घाइतेलाई सम्मान गरिएको थियो । सम्मेलनमा १ हजार ६०० प्रतिनिधि सहभागी थिए ।

प्रकाशित : चैत्र १९, २०७९ १२:१७
प्रतिक्रिया
पठाउनुहोस्

बारा-२ मा जसपालाई सघाउने कांग्रेसको निर्णय

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली कांग्रेसले बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनमा जनता समाजवादी पार्टीका उम्मेदवारलाई सघाउने निर्णय गरेको छ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आइतबार सानेपामा बसेको बैठकमा जसपाको उम्मेदवारलाई सघाउने सभापति शेरबहादुर देउवाले राखेको प्रस्ताव पारित भएको सहमहामन्त्री जीवन परियारले जानकारी दिए । 

बारा-२ मा वैशाख १० गते हुने उपनिर्वाचनमा जसपाले अध्यक्ष उपेन्द्र यादवलाई उठाउने तयारी छ । यसअघि मंसिर ४ गते भएको प्रतिनिधिसभा निर्वाचनबाट सोही निर्वाचन क्षेत्रबाट निर्वाचित जसपा नेता रामसहायप्रसाद यादव उपराष्ट्रपति बनेपछि उपनिर्वाचन हुन लागेको हो ।

कार्यसम्पादन समिति बैठक जारी छ ।

प्रकाशित : चैत्र १९, २०७९ १२:०४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×