चितुवाको आक्रमणमा परी २ जना घाइते

नवीन पौडेल

परासी — पश्चिम नवलपरासीको पाल्हिनन्दनमा चितुवाको आक्रमणमा परेर २ जना घाइते भएका छन् ।

पाल्हिनन्दन गाउँपालिका ४ बैरहवामा रहेको आँपको बगानमा काम गरिरहेका ४५ वर्षीय गजेन्द्र कोइरी र १८ वर्षीय सम्पत भर घाइते भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी डिएसपी भोजराज पाण्डेले बताए ।

घाइतेको पाल्हिनन्दन अस्पताल लौहरीमा उपचार भइरहेको छ । मानिसलाई आक्रमण गरेको देखेर गाउँलेले होहल्ला गरेपछि चितुवा भागेको थियो । मानिसलाई घाइते बनाउने चितुवाको खोजीका लागि जिल्ला वन कार्यालयको प्राविधिक टोली खटिएको छ ।

प्रकाशित : चैत्र १६, २०७९ १२:४७
प्रतिक्रिया
पठाउनुहोस्

राजेन्द्र महतो बारा-२ बाट चुनाव लड्ने तयारीमा

कान्तिपुर संवाददाता

काठमाडौँ — लोसपाका वरिष्ठ नेता राजेन्द्र महतो बारा-२ बाट चुनाव लड्ने तयारी गरेका छन् । गत चुनावमा सर्लाही-२ बाट महिन्द्र राय यादवसँग पराजित भएका महतो अब बारा-२ मा चुनाव लड्न जान लागेका हुन् । जिल्लाका नेताहरुबाट माग आएको भन्दै महतो चुनावको तयारीमा छन् ।

'स्थानीय तहबाट आउनु पर्‍यो भन्ने माग भइरहेको छ अब हेरौ हामी छलफल गर्दैछौं,' नेता महतोले इकान्तिपुरसँग भने ।

महतो २०७४ सालमा धुनुषाबाट चुनाव लडेका थिए । २०७९ को चुनावमा उनी आफ्नै गृहजिल्ला सर्लाहीमा चुनाव लड्न आइपुगे । तर उनी महिन्द्र यादवसँग पराजित भए ।

लोसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीबीच अहिले कार्यगत एकता गर्ने सहमति छ । तर चुनावको सन्दर्भमा भने के गर्ने भन्ने टुंगो छैन ।

जनमत पार्टीले पनि बारा-२ बाट शिवचन्द्र कुसवाहालाई उठाउने तयारी गरेको छ। कुसवाहा बुधबार माओवादी छोडेर चुनावमा उम्मेदवार बन्नका लागि जनमत पार्टीमा प्रवेश गरेका थिए । 'विगतमा जनमत पार्टीले लोसपालाई सघाउने कुरा गरेको थियो, महतो जस्तै नेता नै त्यहाँ जानु भयो भने जनमतले सघाउन सक्छ' लोसपाका कार्यकारिणी सदस्य केशव झाले भने ।

प्रकाशित : चैत्र १६, २०७९ १२:३२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×