कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

महेन्द्र बहुमुखीमा अनेरास्ववियुको प्यानल विजयी

रुपा गहतराज

नेपालगन्ज — यस क्षेत्रकै ठूलो र पुरानो महेन्द्र बहुमुखी क्याम्पसमा एमाले निकट अनेरास्ववियुको प्यानल नै विजयी भएको छ । नेविसंघका जीवनराम सुवेदीलाई ९० मतान्तरले पराजित गर्दै माधव खत्री स्ववियु सभापति निर्वाचीत भएका हुन् । खत्रीले ७५६ मत ल्याउँदा सुवेदीले ६६६ मत ल्याएका थिए ।

महेन्द्र बहुमुखीमा अनेरास्ववियुको प्यानल विजयी

सचिवमा हरेन्द्रबहादुर विक ९७६ मत र कोषाध्यक्षमा भरतराज बुढाथोकी ८७७ मत ल्याएर विजय भएका छन् ।

सदस्यहरूमा सुरेन्द्र रावल, पंकज सिजापति, टेकराज कँडेल, चिरिञ्जीवी बुढा, निराजन अवस्थी, सुशील बर्मा, सरस्वती बुढामगर र महेश शर्मा विजयी भएका छन् ।

४ हजार १२२ मतदाता रहेको क्याम्पसमा १ हजार ६९२ मत खसेको थियो । २०६५ सालयता महेन्द्र बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन हुन सकेको थिएन ।


प्रकाशित : चैत्र ९, २०७९ ०९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

मन्त्रीहरुले आफ्ना र दलका शीर्ष नेताका निर्वाचन क्षेत्र केन्द्रित गरी विनियोजित बजेटमा सांसदहरूले संसद्मा गरेको विरोधबारे तपाईंको धारणा के छ ?

x