कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रूपन्देहीको देवदह आदर्श बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानलै विजयी

अमृता अनमोल

बुटवल — रूपन्देहीको देवदहमा रहेको देवदह आदर्श बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल नै विजयी भएको छ । अध्यक्ष अर्जुन गैरेको नेतृत्वमा अखिलको प्यानल नै विजयी भएको हो ।

रूपन्देहीको देवदह आदर्श बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानलै विजयी

कोषाध्यक्षमा सोबराज जैसी, सचिवमा गौराव ज्ञवाली, सदस्यहरुमा रविन परियार, अमृता पाठक, भुवन थापा, लेखिका मल्ल, सरोज गिरि विजयी भएका छन् ।

देवदह आदर्श बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिका लागि ३ जना प्रतिस्पर्धामा थिए । नेपाल विद्यार्थी संघ र एकीकृत समाजवादी निकट अनेरास्ववियु संयुक्त विद्यार्थी गठबन्धनको तर्फबाट नेवि संघका माधव भट्टराईले उम्मेदवारी दिएका थिए ।

त्यस्तै, माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले स्ववियु सभापतिका लागि धनीकुमारी पन्थीलाई उठाएको थियो । तर दुवै उम्मेदवारलाई पछि पार्दै गैरेले बाजी मारेका हुन् ।

प्रकाशित : चैत्र ६, २०७९ ०९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?