कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३

श्रीमती हत्या अभियोगमा श्रीमान् पक्राउ

अमृता अनमोल

बुटवल — श्रीमतीलाई कुटपिट गरी हत्या गरेको आरोप लागेपछि फरार भएका एक अभियुक्तलाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ । मायादेवी गाउँपालिका १ धमौलीका सञ्जय भन्ने रामनारायण लोधले २४ वर्षीय पत्नी सरोज लोधलाई मंसिर १२ गते हत्या गरेका थिए ।

श्रीमती हत्या अभियोगमा श्रीमान् पक्राउ

भारतको डफालीपुरमा मेला हेर्न जान भनी मोटरसाइकलमा राखी लगेका उनले हात-खुट्टा बाँधी कुटपिट गरी हत्या गरेर फालेको प्रहरीले बताएको छ ।

फरारको सूचीमा रहेका उनलाई आइतबार धमौलीबाट पक्राउ गरी थप अनुसन्धान थालेको रुपन्देही प्रहरी प्रवक्ता श्यामु अर्यालले बताए ।

प्रकाशित : फाल्गुन १, २०७९ १२:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×