दाङमा एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु- लुम्बिनी - कान्तिपुर समाचार

दाङमा एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु

दुर्गालाल केसी

दाङ — एम्बुलेन्सको ठक्करबाट दाङमा एक जनाको मृत्यु भएको छ । रोल्पाबाट घोराहीतर्फ आउँदै गरेको रा १ झ १९७ नम्बरको एम्बुलेन्सले विपरीत दिशातर्फ गइरहेको रा ६ प ८९८५ नम्बरको मोटरसाइकललाई आइतबार साँझ मोटरसाइकल चालकको मृत्यु भएको हो ।

घोराही उपमहानगरपालिका-१३ दारबोट चोकमा आइतबार साँझ मोटरसाइकललाई एम्बुलेन्सले ठक्कर दिँदा मोटरसाइकल चालक घोराही–१० नारायणपुरका ४५ वर्षीय पूर्ण पुनको मृत्यु भएको हो ।

दुर्घटनामा सख्त घाइते भएका पुनलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा प्राथमिक उपचारपछि थप उपचारका लागि भैरहवा मेडिकल कलेज लगेपछि उपचारका क्रममा सोमबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

घटनापछि एम्बुलेन्स चालक त्रिवेणी गाउँपालिका २ रोल्पाका २८ वर्षीय निर्मल बुढालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी राजनकुमार गौतमले बताएका छन् ।

प्रकाशित : माघ ९, २०७९ १९:३३
प्रतिक्रिया
पठाउनुहोस्

दाङमा ब्राउनसुगरसहित दुई जना पक्राउ 

दुर्गालाल केसी

दाङ — ब्राउन सुगरसहित घोराहीमा दुई जना पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका-१६ सर्रामा लागूऔषधको कारोबार भइरहेको सूचनाका आधारमा गएको प्रहरी टोलीले मंगलबार ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको हो ।

शंकास्पद अवस्थामा हिँडिरहेका कोहलपुर नगरपालिका-२ बाँकेका ३६ वर्षीय उमंगबहादुर शाही र भारत रुपैडिहाका ५२ वर्षीय समसुललाई खानतलासी गर्दा ३७ ग्राम २९ मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएस्पी राजनकुमार गौतमले बताए । उनीहरुलाई नियन्त्रणमा राखेर थप अनुसन्धान गरिरहेको उनले जानकारी दिए ।

प्रकाशित : माघ ४, २०७९ १६:३६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×