निलम्बित डीएसपी ठगबहादुर केसीमाथि अनुसन्धान सुरु
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-100-0252024112350.gif)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/mastercreativegif900x100-0952024115624.gif)
बुटवल — सुन काण्डमा मुछिएका निलम्बित प्रहरी नायव उपरीक्षक डीएसपी ठगबहादुर केसीमाथि अनुसन्धान सुरु भएको छ । व्यवसायीको ३५ तोला सुन र २५ लाख रुपैयाँ हिनामिनाको आरोपमा निलम्बनमा परेका केसीमाथि छानबिन गर्न गठित समिति बुधबारदेखि बुटवल आएर अनुसन्धान सुरु गरेको प्रहरी स्रोतले बताएको छ ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/reward-900x100-pxl-2462024072414.gif)
![निलम्बित डीएसपी ठगबहादुर केसीमाथि अनुसन्धान सुरु](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2023/third-party/thagbahadur-0412023022338-1000x0.gif&w=1001&h=0)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/sathi-deposit-900-100-1262024124333.gif)
अनुसन्धानका लागि प्रहरी वरिष्ठ उपरीक्षक चन्द्रकुवेर खापुङको नेतृत्वमा समिति गठन भएको थियो । समितिले एक महिनाभित्र अनुसन्धान प्रतिवेदन बुझाउने जिम्मा पाएको छ । समितिको प्रतिवेदनका आधारमा केसीमाथि थप कारबाही अगाडि बढाउने रुपन्देहीका प्रहरी प्रमुख रविन्द्र रेग्मीले बताए ।
इलाका प्रहरी कार्यालय वुटवलमा कार्यरत डीएसपी केसीले व्यापारीको सुन र रकम गायब गरिदिएको भन्दै प्रहरी प्रधान कार्यालयमा उजुरी परेको थियो । केसीलाई प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले पुस १४ मा निलम्बन गरेको थियो ।
प्रकाशित : पुस २०, २०७९ १९:०९