२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

बुटवलमा दर्ता नभएका ई-रिक्सा सञ्चालनमा रोक

सन्जु पौडेल

लुम्बिनी — बुटवलमा दर्ता नभएका ई–रिक्सा सञ्चालनमा रोक लगाइएको छ । विद्युतीय रिक्सा सञ्चालन, व्यवस्थापन तथा नियमनसम्बन्धी कार्यविधि २०७६ अनुसार दर्ता नभएका ई–रिक्सा सञ्चालनमा रोक लगाइएको हो । 

बुटवलमा दर्ता नभएका ई-रिक्सा सञ्चालनमा रोक

बुटवलमा अब दर्ता भएका १ हजार २ सय ५६ वटा ई–रिक्सा मात्रै चल्न पाउनेछन् । दर्ता नगरी सञ्चालन भएका ई-रिक्साका कारण दुर्घटना बढेको, अवैध गतिविधि भएको र दर्ता नभएका ई–रिक्सा पहिचानमा समस्या भएपछि दर्ता नभएका ई–रिक्सा सञ्चालनमा रोक लगाइएको मेयर खेलराज पाण्डेले बताए ।

‘त्यस्ता रिक्सा सञ्चालन भएको पाइएमा नियन्त्रणमा लिएर कानुनअनुसार कारबाही अघि बढाउने अभियान नै सञ्चालन गरिएको छ,’ उनले भने, ‘नगरलाई सुन्दर, सफा र व्यवस्थित गर्दै कानुनी राज्यका रूपमा स्थापित गर्न बिना दर्ताका ई–रिक्सा सञ्चालनमा रोक लगाउनु बेस छ ।’

यसअघि नगरले तयार पारेको कार्यविधिअनुसार थप १ सय ८४ ई–रिक्सा दर्ता गर्न बाँकी रहेको र त्यस्ता ई–रिक्सा दर्ता गर्दा स्वरोजगार, स्थानीय, महिला र सवारी चालक अनुमतिपत्र भएकालाई प्राथमिकता दिने उनले बताए ।

राजमार्ग सुरक्षा तथा दुर्घटना नियन्त्रण कार्यालयमा काज सरुवामा आएका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बुटवल उपमहानगरपालिकाको निर्णय कार्यान्वयनका लागि सहकार्य गर्न कार्यालय तयार रहेको बताए । उनले दर्ता नगरी सञ्चालन गरेका ई–रिक्सा सञ्चालन भएको पाइएमा नियन्त्रणमा लिएर कारबाही गर्ने जनाए ।

प्रकाशित : पुस १८, २०७९ १४:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नौ वर्षमा १४ अर्ब खर्च भइसक्दा पनि चुरेमा विनाश बढीरहेको छ र मधेसमा खानेपानीको स्रोत समेत सुक्न थालेका छन् । यसबारे तपाईंको टिप्पणी के छ ?

x