कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

स्याँगेमा पहिरो : बेंसीसहर–चामे सडक अवरुद्ध

आश गुरुङ

लमजुङ — लमजुङ–मनाङ जोड्ने एक मात्र बेंसीसहर–चामे सडकको लमजुङ खण्ड स्याँगेमा पहिरो खस्दा सडक अवरुद्ध बनेको छ । मर्स्याङ्दी गाउँपालिका ४, स्याँगेमा गतवर्ष निर्माण गरिएको ढलानमा पहिरो खसेको स्थानीय मेग गुरुङले बताए ।

स्याँगेमा पहिरो : बेंसीसहर–चामे सडक अवरुद्ध

बेंसीसहरबाट करिब २२ किलोमिटरको दुरीमा रहेको स्याँगेमा ठूला ढुंगासहितको पहिरो खसेको छ ।

बेंसीसहरबाट मनाङतर्फ जाँदा वारी स्याँगे कटेपछि पारी स्याँगेको सडकमा पहिरो खसेको हो । गएराती ढुंगासहितको पहिरो खसेको र पहिरोले सडक अवरुद्ध बनाएको वडाअध्यक्ष बलबहादुर गुरुङले जानकारी दिए । उनका अनुसार सडक अवरुद्ध भएपछि सोमबार बिहानैदेखि सवारी साधन वारपार हुन सकेको छैन । जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक मेघनाथ चापागाईंले स्याँगेमा सडक अवरुद्ध भएको खबर प्राप्त भएको र सडक खुलाउन प्रहरी खटाइसकिएको बताए ।

बेंसीसहर–चामे सडक हाल तल्लो मनाङको नासों गाउँपालिका ९, दानक्युसम्म सञ्चालनमा छ । दानक्युदेखि माथिल्लो क्षेत्र सदरमुकाम चामेसहित मनाङ ङिस्याङ गाउँपालिका पुग्न सडक २ सातादेखि बन्द छ ।

चामे गाउँपालिका १, तिमाङ खोलाको २ ठाउँमा बाढीले पुल बगाएपछि सडक अवद्धछ । बेंसीसहर–डुम्रे सडक भने सञ्चालनमा रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : असार ३१, २०८१ ०७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×