कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

बस दुर्घटनामा ६ जना घाइते

तनहुँ — पृथ्वी राजमार्ग अन्तर्गत जिल्लाको आँबुखैरेनी गाउँपालिकामा शनिबार बिहान बस दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

आँबुखैरेनी-२ ट्राफिक पोस्ट नजिक बस दुर्घटना हुँदा ६ जना घाइते भएका जिल्ला प्रहरी नायव उपरीक्षक दिपक कुमार रायले जानकारी गराएका छन् ।


मुग्लिनबाट आँबुखैरेनीतर्फ आाउँदै गरेको ना५ख४३७४ नम्बरको बस अनियन्त्रित भई सडकबाट बायाँतर्फ नालीमा परी दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएकाहरूको आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : असार ८, २०८१ ११:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एसईई परीक्षाको नतिजामा ५२ प्रतिशत विद्यार्थी नन्‌ग्रेडिङ (एनजी) मा पर्नुको कारण के होला ?

x
×