कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

गोरखामा रोट महोत्सव सुरु

गोरखा — बिहीबारदेखि गोरखा दरबारमा २१औं सवा लाख रोट महोत्सव सुरु भएको छ । सिद्धाश्रम शक्ति केन्द्रको आयोजनामा ११ दिने महोत्सव सुरु भएको हो ।

गोरखामा रोट महोत्सव सुरु

महोत्सवको पहिलो दिन गोरखा बसपार्कबाट गोरखा दरबारसम्म झाँकीसहित शोभायात्रा निकालिएको छ । गोरखनाथलाई रोट अर्पण गरेर महोत्सवको शुभारम्भ भएको सिद्धाश्रम शक्ति केन्द्रका संयोजक किशोरकुमार अकेलाले जानकारी दिए । पहिलो दिन झण्डोत्तोलन, ज्योत पूजन, गोरखनाथको विशेष हवनलगायतका कार्यक्रम हुने छ ।

११ दिनसम्म सवा लाख रोट गोरखनाथलाई अर्पण गर्ने उनले बताए । महोत्सवले धार्मिक पर्यटक भित्र्याउन सघाउ पुग्ने विश्वास लिइएको छ ।

काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, कास्की, पर्सा, सर्लाही, सिन्धुलीलगायतका जिल्लाबाट समेत भक्तजन महोत्सवमा आउने अपेक्षा गरिएको छ । केन्द्रले २०६१ सालदेखि सवा लाख रोट महोत्सवको आयोजना गर्दै आएको छ । गोरखनाथ वैशाख पुर्णिमाको दिनगोरख गुफामा प्रकट धार्मिक विश्वास छ ।

गौ, जौ वा चामलको पिठोबाट तयार गरिएको ताई र भुंग्रे गरी दुईथरी रोट गोरखनाथमा चढाउने गरिन्छ । हरेक मौसममा नयाा अन्नबाली भित्र्याएपछि नयाँ अन्नको पिठोलाई घिउमा पकाएर रोट बनाइ गोरखनाथलाई अर्पण गरेर मात्र खाने धार्मिक विश्वास छ । महोत्सव २० गतेसम्म हुने छ ।

प्रकाशित : जेष्ठ १०, २०८१ १३:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१० प्रतिशत अग्रिम आयकरको व्यवस्थाले खाद्यान्न आयात बन्द भइ कालोबजारी सुरु भएकोमा के भन्नुहुन्छ ?