कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

वाग्मतीमा एमाले मन्त्रीहरूकाे मन्त्रालय टुंगियाे

सुवास विडारी

मकवानपुर — नेकपा एमालेले वाग्मतीमा गठन हुने नयाँ सरकारमा सहभागी हुने मन्त्रीको जिम्मेवारी निर्धारण गरेको छ । एमाले संसदीय दलको बैठकले मंगलबार मन्त्रालयको टुंगो लगाएको हो । 

वाग्मतीमा एमाले मन्त्रीहरूकाे मन्त्रालय टुंगियाे

एमालेबाट प्रकाश श्रेष्ठले कृषि तथा पशुपन्छि मन्त्रालय, किरण थापाले स्वास्थ्य मन्त्रालय, कृष्ण सिलवालले वन तथा वातावरण मन्त्रालय, सुकमाया तामाङले उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय, अमन मास्केले भौतिक पूर्वाधार विकास मन्त्रालय र प्रेमभक्त महर्जनले श्रम रोजगार तथा यातायात मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

वाग्मतीमा कांग्रेसबाट ७ र एमालेबाट ६ जना मन्त्री बन्दैछन् । केन्द्रीय सत्ता समीकरणअनुसार प्रदेशमा कांग्रेस र एमालेले सत्ता सहकार्य भएको हो । प्रदेशको नयाँ मुख्यमन्त्रीमा कांग्रेस नेता बहादुरसिंह लामाले दाबी पेस गरेका छन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले मंगलबार साँझ ५ बजेपछि लामालाई मुख्यमन्त्रीमा नियुक्त गर्ने तयारी गरेका छन् ।

प्रकाशित : श्रावण ८, २०८१ १६:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×