कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

सिन्धुलीको गोलन्जोरमा अटो दुर्घटना, १ को मृत्यु ७ घाइते

सिन्धुली — मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका ३ बन्दीजोर खोला नजिक शुक्रबार भएको अटो दुर्घटनामा १ को मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् ।

सिन्धुलीको गोलन्जोरमा अटो दुर्घटना, १ को मृत्यु ७ घाइते

गोलन्जोर ३ ग्वाल्टारबाट सदरमुकाम सिन्धुलीमाडीतर्फ जाँदै गरेको प्रदेश–२–००१ ह–१३७१ नं को अटो दुर्घटनामा कमलामाइ नगरपालिका १३ की ३५ वर्षीया मन्दिरा पौडेलको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । अटो अनियन्त्रित भई सडकबाट ३० मिटर तल खसेको थियो । घाइते ७ जनाको सुनकोसी सामुदायिक अस्पताल खुर्कोटमा उचार भइरहेको छ ।

चालक गोलन्जोर २ का भिमबहादुर ठकुरी सकुशल छन् । घटनाको विषयमा अनुसन्धान भइरहेको सिन्धुली प्रहरीका प्रमुख एसपी गोविन्दराज काफ्लेले बताए ।

प्रकाशित : श्रावण ४, २०८१ १९:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×