कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

करेन्ट लागेर बालकको मृत्यु 

प्रताप विष्ट

हेटौंडा — मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका–५, बाघखोरस्थित क्रसरमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ ।

करेन्ट लागेर बालकको मृत्यु 

करेण्ट लागेर १३ वर्षीय रोहित रुम्बाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बुधबार दिउँसो ३ बजेको समयमा सडक निर्माणका लागि स्थापना गरिएको अमर कन्ट्रक्सन क्रसरको ट्रान्समिटरको तारमा छुँदा बालकको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको थियो ।

बालकको मानसिक अवस्था ठिक नभएको प्रहरीले जानकारी दिएको छ । प्रहरी चौकी फाखेल र इलाका प्रहरी कार्यालय भिमफेदीबाट टोली खटिएर मुचुल्का तथा अनुसन्धान कार्य गरिरहेको प्रहरीले जनायो ।

प्रकाशित : जेष्ठ १६, २०८१ १९:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×