कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

साँगामा रोकिराखेको ट्यांकरसँग मोटरसाइकल, स्कुटर, कार र ट्रक ठोक्किए, २ जना घाइते

काभ्रे — बनेपा नगरपालिका-१३ मा एक आपसमा सवारी ठोक्किएर दुर्घटना हुँदा २ जना घाइते भएका छन् । रोकिराखेको ट्यांकरसँग बुधबार दिउँसो ३ : ५० बजेतिर मोटरसाइकल, स्कुटर, कार र ट्रक ठोक्किएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए ।

साँगामा रोकिराखेको ट्यांकरसँग मोटरसाइकल, स्कुटर, कार र ट्रक ठोक्किए, २ जना घाइते

उनका अनुसार साँगा–धुलिखेल सडक खण्डस्थित पुतली रिसोर्ट अगाडि किनारमा रोकिराखेको बा–प्र–०१००३ क ९९४५ नम्बरको ट्यांकरसँग साँगाबाट बनेपातर्फ आइरहेको बा ६३ प ७ नम्बरको मोटरसाइकल ठोक्किएको थियो ।

त्यस ठाउँमा बा.प्र–०२–०४४ प ०५७३ नम्बरको स्कुटर, बा ७ च ४५३७ नम्बरको कार र बा.प्र– ०१–०२६ च ९२३९ नम्बरको गाडी, बीएसीओ१२३ नम्बरको कार, ना ७ ख ५४१ नम्बरको मालबहाक ट्रकसमेत ठोक्किएका थिए ।

दुर्घटनामा बा ६३ प ७ नम्बरको मोटरसाइकल चालक काभ्रेको पनौती नगरपालिका २ बस्ने ४८ वर्षीय प्रकाश सापकोटा र बा.प्र–०२–०४४ प ०५७३ नम्बरको स्कुटर चालक बनेपा–५ की १८ वर्षीया देविना कर्माचार्य घाइते भएको उनले बताए ।

उपचारपछि देविनालाई घर पठाइएको र प्रकाशलाई उपचारका लागि काठमाडौं पठाइएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले जनाए । घटनाको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रकाशित : जेष्ठ १६, २०८१ १८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×