सिन्धुलीमा जिल्ला लिग फुटबल प्रतियोगिता सुरु
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-100-0252024112350.gif)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/mastercreativegif900x100-0952024115624.gif)
सिन्धुली — जिल्ला लिग प्रतियोगिताअन्तर्गत सिन्धुलीमाडीको लोकतान्त्रिक चौरमा बिहीबार भएको पहिलो खेलमा जनहितैषी युवा क्लब मरिणले सिद्धस्थली युवा क्लब कमलामाई रातमाटालाई ५–० गोलले पराजित गरेको छ ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900x100-1172024092759.gif)
![सिन्धुलीमा जिल्ला लिग फुटबल प्रतियोगिता सुरु](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2024/third-party/footballsindhuli2-0952024012014-1000x0.jpg&w=1001&h=0)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/comp-900x100-1672024010950.gif)
सिन्धुली फुटबल संघको आयोजनामा भएको खेलमा जनहितैषीले पहिलो हाफमा ३ गोल र त्यसपछिको खेलमा २ गोल गरेको थियो । क्लबका अध्यक्ष सूर्यबहादुर थापामगरका अनुसार प्रतियोगितामा ८ वटा क्लबले भाग लिएका छन् । खेल जेठ २ गतेसम्म संचालन हुनेछ ।
प्रतियोगितामा भाग लिएका क्लबहरुमा नवप्रतिभा युवा क्लब, ब्लु अल्पाइन क्लब, नमुना जनउत्थान युवा क्लब, जरायोटार युवा क्लब, धुराबजार युवा क्लब रहेका छन् । प्रतियोगितामा प्रथम हुने क्लबका खेलाडीहरुलाई नगद तथा शिल्ड र प्रमाणपत्र प्रदान गरिने छ ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-x-100-0172024023126.gif)
प्रतिक्रिया