कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

शालिनको मृत्यु घटनाबारे गम्भीर छानविन हुन्छ : प्रधानमन्त्री दाहाल

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले चितवन रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतन बोर्डिङ स्कुलको छात्रावासमा  मृत फेला परेकी  १४ वर्षीया बालिका शालिन पोखरेलको मृत्युबारे गम्भीर छानविन हुने बताएका छन् ।

शालिनको मृत्यु घटनाबारे गम्भीर छानविन हुन्छ : प्रधानमन्त्री दाहाल

उनले सामाजिक सञ्जालमार्फत् घटनाको गम्भीर छानविन गरी पीडितलाई न्याय दिलाउन दृढ रहेको बताएका छन् ।

‘चितवनको एकता शिशु निकेतन स्कुलको होस्टेलमा मृत अवस्थामा फेला परेकी १४ वर्षीया बालिका शालिन पोखरेलको मृत्युले मलाई गम्भीर र दुखी तुल्याएको छ,’ दाहालले भनेका छन्, ‘घटनाको गहन छानविन गरी सत्यतथ्य पत्ता लगाउन मैले यसअघि नै गृह मन्त्रालयलाई निर्देशित गरिसकेको छु । घटनाको यथार्थ छानविन गरी पोखरेल परिवारलाई न्याय दिलाउन सरकार दृढ र प्रतिवद्ध छ ।’

गत शनिबार १० बजेतिर रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतन बोर्डिङ स्कुलको छात्रावासमा बसेर ८ कक्षा पढ्दै आएकी १४ वर्षीया सालिन पोखरेल झुन्डिएको अवस्थामा मृत फेला परेको खबर जिल्ला प्रहरी कार्यालयले पाएको थियो ।

यो घटनामा सालिनको मृत्यु आत्महत्या नभएर बलात्कारपछि हत्या गरेर झुन्ड्याइएको हो भन्ने परिवारको दाबीपछि घटना झनै गम्भीर मात्रै बनेको छैन, यसबारे आशंका उब्जिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

प्रकाशित : फाल्गुन १९, २०८० २०:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×