कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

सडक निमार्णमा दबाब दिन जिसस प्रमुख आमरण अनशनमा

ज्योती श्रेष्ठ

काभ्रे — सडक निर्माणमा दबाब दिने भन्दै जिल्ला समन्वय समिति (जिसस) काभ्रेका प्रमुख दिपककुमार गौतम शुक्रबारदेखि आमरण अनशनमा बसेका छन् । अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा चार किलोमिटर सडक खण्ड विस्तार र स्तरोन्नतिको काममा ढिलाइ भएको भन्दै जिसस प्रमुख गौतम शुक्रबारदेखि अनशन बसेका हुन् ।

सडक निमार्णमा दबाब दिन जिसस प्रमुख आमरण अनशनमा

शुक्रबार दिउँसो साढे २ बजेबाट खावा सडक खण्डमा टेण्ट खडा गरेर जिसस प्रमुख गौतम अनशन थालेका छन् । सडक विस्तार तथा स्तरोन्नतिको समय सकिनै लाग्दापनि निर्माण व्यवसायीले काममा ढिलासुस्ती गरेको र नियमन गर्ने निकायले पनि चासो नदिएको भन्दै उनले अनशन बस्नुपर्ने अवस्था आएको बताए।

सो सडक खण्डमा निर्माण सुरू भएको ९५ प्रतिशत समय बितिसक्दा १५ प्रतिशत मात्रै काम भएको सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख मेघराज मरासैनीले जानकारी दिए । उनका अनुसार निर्माण व्यवसायीको लापरबाहीका कारण निर्माण कार्यमा ढिलासुस्ती भएको हो ।

निर्माण ढिलाइका कारण ठेक्का तोड्ने प्रक्रिया अघि बढाइएको छ । सो सडक खण्डको विस्तार र स्तरोन्नति कार्यका लागि सडक डिभिजन कार्यालय भक्तपुर र निर्माण व्यवसायी गौरी–पार्वती निर्माण सेवा प्रा.लि.बीच २२ महिनामा काम सक्ने गरी २०७९ जेठ २० गते सम्झौता भएको थियो । सम्झौताअनुसार आगामी २०८० चैत १९ सम्म काम पूरा गर्नुपर्नेछ ।

३० करोड ७८ लाख २ हजार ३० रुपैयाँको लागतमा उक्त सडक खण्डको विस्तार तथा स्तरोन्नतिको कार्यलाई गौरी–पार्वती निर्माण सेवा प्रा.लिले २० करोड १९ लाख ४६ हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो ।

मालबाहक सवारीको भारवहन क्षमतालाई मध्यनजर गर्दै उक्त सडकखण्डमा ग्राभेलमाथि २० सेन्टिमिटर बाक्लो सिमेन्ट मिसाइएको बेस हाल्ने तथा दुई चरणमा डीबीएम र आस्फाल कालोपत्र गर्न लागिएको छ । साँघुरो सडकका कारण बर्सेनि ट्राफिक जाम बढ्दै गएपछि उक्त सडकखण्ड विस्तार गर्न लागिएको हो ।

प्रकाशित : फाल्गुन ११, २०८० १६:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×