कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

अनुदानको नीति गलत भयो : मुख्यमन्त्री जम्मकट्टेल

टीकाप्रसाद भट्ट

रामेछाप — वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले व्यक्ति केन्द्रीत व्यवसायलाई अनुदान दिने नीति गलत भएको बताएका छन् । बिहीबार बृहत् रामेछाप महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री जम्मकट्टेलले विगतको जस्तो अनुदान दिने परम्पराको अन्त्य गरेर वाग्मती प्रदेश सरकारले पकेट क्षेत्रको कार्यक्रम अघि सारेको बताए ।

अनुदानको नीति गलत भयो : मुख्यमन्त्री जम्मकट्टेल

‘हिजो हामीले एउटा व्यक्तिले गरेको सानो तिनो व्यवसाय देखाउँदैमा अनुदान दियौं, ’ मुख्यमन्त्री जम्मकट्टेलले भने, 'अनुदान पाएका उद्योग व्यवसायले उत्पादन गरे गरेनन् ? अहिले कुन अवस्थामा छन् ? भन्ने कुरा महत्व राखेनौं । '

उनले त्यहीकारण विगतमा अनुदान पाएका धेरै उद्योग व्यवसायहरु अनुदान पाएपछि व्यवसाय छोडेर हिडेको पाइएको बताए ।

मुख्यमन्त्री जम्मकट्टेलले प्रदेशका ८५ वटा पालिकालाई पकेट क्षेत्रको रुपमा विकास गर्ने गरी काम अघि बढेको बताए । प्रदेश सरकारले उद्योग ग्राम बनाउन भनेर नीति बनाएको र धेरै अघिदेखि बजेट बिनियोजन गरेपनि सफल नभएको अवस्था रहेको भन्दै जम्मकट्टेलले अब उद्योग ग्रामको विकासका लागि काम गर्ने दाबी गरे ।

‘अहिले उद्योग व्यवसाय धरायसी बनेका छन् ,’ जम्मकट्टेलले भने, 'भारतीय खुला सीमाका कारण अवैध सामान आउँछन् , त्यसले नेपालका किसानलाई आफ्नो उत्पादन बजारमा विकाउन गाह्रो परिरहेको छ ।'

प्रकाशित : पुस २६, २०८० १९:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×