रामेछापको गोकुलगंगा गाउँपालिका १ चुचुरेमा निर्माण सकिएका दुईवटा विद्युत् आयोजनाबाट उत्पादित बिजुली प्रसारण लाइन नबन्दा खेर गइरहेको छ । मासिक झन्डै ६ करोड रुपैयाँको बिजुली खेर गइरहेको हो ।
आफ्नै शरीरमा मट्टितेल छर्केर आगो लगाउनेको मृत्यु भएको छ । शुक्रबार आफैलाई आगो लगाएका रामेछापको मन्थली नगरपालिका–५ सुनारपानीका हिराबहादुर भुजेलको उपचारका क्रममा शनिबार मृत्यु भएको हो ।
सडक निर्माणमा लापरबाही नरोकिएको भन्दै रामेछाप, देउरालीका बासिन्दाले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् । आयोजनाले स्थानीयले प्रयोग गर्दै आएको खानेपानी, सिँचाइ र खेतीमा प्रतिकूल प्रभाव पर्ने गरी काम अघि बढाएको उनीहरूको आरोप छ ।
प्रसारण लाइन नबन्दा रामेछापको गोकुलगंगा गाउँपालिका-१ चुचरेमा निर्माण सम्पन्न भएका दुईवटा विद्युत आयोजनाबाट उत्पादित बिजुली खेर गइरहेको छ । मासिक झण्डै ६ करोड रुपैयाँको बिजुली प्रसारण लाइन नबन्दा खेर गइरहेको हो ।
रामेछापको मन्थली नगरपालिकाको मच्छेडाडीमा स्काउट विद्यार्थी बोकेको बस शुक्रबार बिहान दुर्घटनामा परेको छ । दुर्घटनामा परी १७ जना विद्यार्थी घाइते भएका छन् ।
शैलुङ क्षेत्रलाई लिएर रामेछाप र दोलखाबीचको सीमा विवाद बारम्बार बल्झिएपछि दुवै जिल्लाका जिल्ला समन्वय समितिले उक्त क्षेत्रको सिमाना यकिन गरिदिन नापी विभागलाई आग्रह गरेका छन् ।