कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

पर्सा प्रहरीद्वारा ७१२ बोरा युरिया मल बरामद

रासस

वीरगञ्ज (पर्सा) — पर्सा प्रहरीले भारतबाट अवैध ढङ्गले भित्र्याएको १० लाख मूल्य पर्ने सात सय १२ बोरा युरिया मल बरामद गरेको छ ।  गैरकानुनीरुपमा भारतीय मल भन्सार छली चोरीपैठारी गरी वीरगञ्जमा ल्याई अनाधिकृत भण्डारण गरेर राखेको ५० केजीका सात सय १२ बोरा मल पक्राउ गरेको हो । 

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक दीपक भारतीले भारतबाट भन्सार छली गरेर अवैध ढङ्गले मल भित्र्याएर भण्डारण गरिराखेको सूचनाका आधारमा छापामर्दा सो मल बरामद भएको बताए ।

प्रहरीले अवैध मल भित्र्याएर भण्डारण गर्ने काममा संलग्न रहेको भन्दै नवलपरासी कावासोती नगरपालिका–९ बस्ने ६२ वर्षीय ज्ञानबहादुर महतोलाई पक्राउ गरेर आवश्यक कानुनी प्रक्रिया अघि बढाएको छ । बरामद भएको मल पनि शुक्रबार नै भन्सार कार्यालय वीरगञ्जमा बुझाइएको प्रहरीले जनाएको छ । भाडाका घरमा अनधिकृतरुपमा युरिया मल भण्डारण गरेका अवस्थामा प्रहरीले फेला पारेको थियो ।

हात्तीको दारासहित तीन पक्राउ

पर्सा प्रहरीले हात्तीको दारासहित तीन जनालाई पक्राउ परेको छ । पर्सा प्रहरीले पर्साको ठोरी गाउँपालिका–४ गोरखपुर टोलमा २१/२१ किलोग्राम तौल भएको दुई वटा हात्तीको दारासहित तीन जनालाई शुक्रबार पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक भारतीले हात्तीको दारासहित पक्राउ परेका तीन जनालाई जिल्ला डिभिजन वन कार्यालयसँग समन्वय गरी थप अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाइएको बताए ।

'अभियुक्तले ठोरी गाउँपालिका–४ का चन्द्र परियारको खेतमा खाल्डो खनेर २१/२१ किलोग्राम तौल भएको दुई थान दारा बिक्रीवितरणका लागि ग्राहक खोज्ने क्रममा पक्राउ परेका हुन्,' उनले भने । पक्राउपर्नेमा पर्साको ठोरी गाउँपालिका–४ विजयबस्ती गुम्बालाइनका कुइसँग लामा, वीरगन्ज महानगरपालिका–१ का प्रेम शर्मा र महानगर–२१ का अमिरीलाल महतो रहेका छन् ।

प्रकाशित : असार ८, २०८१ १२:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एसईई परीक्षाको नतिजामा ५२ प्रतिशत विद्यार्थी नन्‌ग्रेडिङ (एनजी) मा पर्नुको कारण के होला ?

x
×