कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

१२ लाख रूपैयाँसहित हुन्डी कारोबारी पक्राउ 

भूषण यादव

बीरगन्ज — सशस्त्र प्रहरी पर्साले १२ लाख रुपैयाँसहित एक जना हुन्डी कारोबारीलाई पक्राउ गरेको छ । वीरगन्ज १६ भन्सार चेकप्वाईन्टमा सशस्त्र प्रहरीले भारत रक्सौलबाट वीरगन्ज आउने क्रममा प्रदेश २-०३-०२० प ४२२२ नम्बरको मोटरसाइकल जाँच गर्दा मोटरसाइकल चालकले प्रयोग गरेको हेल्मेटबाट १२ लाख रुपैयाँ बरामद गरेको सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम घिमालले बताए ।

१२ लाख रूपैयाँसहित हुन्डी कारोबारी पक्राउ 

पक्राउ पर्नेमा बारा जितपुर सिमरा उपमहानगरपालिका- ७ जितपुर टोल निवासी छठु महतो कोइरी रहेका छन् । सशस्त्र प्रहरीकाअनुसार कोइरीको साथबाट विभिन्न बैंकका चेकहरु समेत फेला पारेको छ । आवश्यक कारबाहीका लागि कोइरीलाई वीरगन्ज भन्सार कार्यालय पठाइएको छ ।

प्रकाशित : असार ३, २०८१ १७:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×