शारदा डिस्टिलरीले राजस्व छली गरेको पुष्टि
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-100-0252024112350.gif)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/mastercreativegif900x100-0952024115624.gif)
राजविराज — राजश्व छलीको आरोपमा पक्राउ परेका सिरहाको गोलबजारस्थित शारदा डिस्टिलरी प्रालिका सञ्चालक प्रमोद गोयन्का दुई करोड ३८ लाख ५१ हजार ६ सय ३३ रुपैयाँ धरौटीमा मंगलबार तारेखमा रिहा भएका छन् ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900x100-1172024092759.gif)
![शारदा डिस्टिलरीले राजस्व छली गरेको पुष्टि](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2024/third-party/4302944124407873283413442511440155271098544n-0242024031453-1000x0.jpg&w=1001&h=0)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/comp-900x100-1672024010950.gif)
अन्त:शुल्कको एउटा स्टिकरलाई दुई टुक्रा बनाई मदिरा बोतलमा लगाउँदै शारदा डिस्टिलरीले राजश्व छली गर्दै आएको थियो ।
गत चैत ३ गते शारदा डिस्टिलरी प्रालिबाट लोड भई सिरहाको माडरस्थित आशिष जनरल स्टोरमा भण्डारण गरिएको मदिरा बोतलमा अन्त:शुल्कको एउटा स्टिकरलाई दुई टुक्रा पारी लगाइएको पाइएपछि आन्तरिक राजस्व कार्यालयले शारदा डिस्टिलरी र आशिष जनरल स्टोरमा सिल गर्दै अनुसन्धान प्रक्रिया अघि बढाएको थियो ।
राजस्व कार्यालयले दुई टुक्रा पारी लगाइएको मदिराको बोतलहरू नियन्त्रणमा लिँदै आशिष जनरल स्टोरका संचालक ललन कुमार यादव र शारदा डिस्टिलरीका प्रतिनिधि लोकबहादुर बस्नेतलाई नियन्त्रणमा लिएको थियो ।
अनुसन्धानका क्रममा राजस्व कार्यालयले शारदा डिस्टिलरी प्रालिका मुख्य संचालक प्रमोद गोयन्कालाई नियन्त्रणमा लिएको थियो । आन्तरिक राजस्व कार्यालय लहानमा प्रमुख पुन्य रिजालका अनुसार शारदा डिस्टिलरीले अन्त: शुल्कको एउटा स्टिकरलाई दुई टुक्रा पारी राजस्व छली गरेको पुष्टि भएको छ ।
कार्यालयले गोयन्कामाथि दुई करोड ३८ लाख ५१ हजार ६ सय ३३ रुपैयाँ बिगो कायम गरेको थियो । विगो बमोजिमको रकम धरौटी बुझाइ डिस्टलिरीका संचालक गोयन्का मंगलबार तारेखमा रिहा भएको राजस्व कार्यालय प्रमुख रिजालले बताए।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-x-100-0172024023126.gif)