कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

गोली लोड गरिएको पेस्तोल बरामद

ओमप्रकाश ठाकुर

सर्लाही — सर्लाहीको सीमावर्ती क्षेत्र इनरुवाबाट सशस्त्र प्रहरीले शुक्रबार साँझ गोली लोड गरिएको पेस्तोल बरामद गरेको छ । 

गोली लोड गरिएको पेस्तोल बरामद

ब्रह्मपुरी गाउँपालिका–५, इनरुवाबाट मेड इन यूएसए लेखिएको एक थान पेस्तोल र म्यागजिनमा लोड गरिएको पाँच राउन्ड गोली बरामद गरिएको हो । बोर्डर आउट पोष्ट सखुअवाबाट शुक्रबार साँझ ८ बजे खटिएको गस्ती टोलीले चेक प्वाइन्ट थापेर जाँच गर्ने क्रममा हतियार बरामद भएको सशस्त्र प्रहरी बल नम्बर १० गणले जनाएको छ ।

भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ३० एक्स ७७१३ भारतीय नम्बरको मोटरसाइकलमा सवार दुई अपरिचित व्यक्ति चेकिङमा रहेका सशस्त्र प्रहरीलाई देख्नासाथ मोटरसाइकल छाडेर भाग्ने क्रममा उनीहरुले बोकेको हतियार खसेको थियो । ती दुवै व्यक्ति भारततर्फ नै फरार भएका छन् ।

गोली लोड भएको अवस्थामा पेस्तोल बरामद भएपछि कसैलाई मार्ने उद्देश्यले आएको हुनसक्ने आकलन गरिएको छ । बरामद गरिएको हतियार आवश्यक कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाइने सर्लाहीका सशस्त्र प्रहरी उपरीक्षक विनोदराज खनालले जानकारी दिए ।

प्रकाशित : फाल्गुन १८, २०८० २१:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×