कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४५

बालुवा तस्करीमा संलग्न ५ वटा ट्याक्टर नियन्त्रण

भूषण यादव

वीरगन्ज — खोलाबाट अवैध रुपले बालुवा उत्खनन गरी चोरी निकासी भइरहेको अवस्थामा पर्सा प्रहरीले ५ वटा ट्याकटर नियन्त्रणमा लिएको छ ।

बालुवा तस्करीमा संलग्न ५ वटा ट्याक्टर नियन्त्रण

पर्साको पर्सागढी नगरपालिका–३ स्थित भेडाहा खोलाबाट अवैध रूपले बालुवा उत्खनन भइरहेको विशेष सूचनाको आधारमा प्रहरीले ५ वटा ट्याक्टर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक रामराजा केशरीका अनुसार प्रहरीले बिहान ७ बजेको समयमा भेडाहा खोलाबाट बालुवा उत्खनन गरी ५ वटा ट्याक्टरमा लोड गरेको अवस्थामा नियन्त्रणमा लिएको हो ।

ना ७ त ४२०५, ना ७ त ७०३, ना ६ त ७६५५, ना ७ त १२९६ र ना ७ त १२९६ नम्बरको ट्याक्टरलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि प्रहरी चौकी मिलन चोकमा राखिएको प्रहरी निरीक्षक केशरीले जनाए ।

प्रकाशित : पुस १२, २०८० १५:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एमाले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहालले अब तत्काल के गर्नुपर्छ ?

×