कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४२

समन्वय गरेर काम गर्नुस् : मुख्यमन्त्री यादव

रासस

काठमाडौँ — मुख्यमन्त्री सरोजकुमार यादवले अन्तर्राष्ट्रिय, राष्ट्रिय गैरसरकारी सङ्घ संस्थाका मधेश प्रदेशस्थित प्रतिनिधिलाई प्रदेश सरकारसँग समन्वय गरेर काम गर्न अपिल गरेका छन् । 

समन्वय गरेर काम गर्नुस् : मुख्यमन्त्री यादव

विकास साझेदारसँगको सहकार्य र आगामी कार्यदिशाका बारेमा सोमबार आयोजित अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री यादवले समन्वय गरेर काम गर्दा सबै पक्षलाई फाइदा हुने र नतिजा प्रभावकारी हुनेसमेत बताए ।

भौतिक पूर्वाधार विकास मन्त्री कृष्णाप्रसाद यादवले विकास साझेदार काठमाडौँमा बस्ने र तिनका प्रतिनिधि राजमार्ग बस्ने प्रवृत्ति ठीक नभएको बताए ।

अर्थमन्त्री सञ्जयकुमार यादवले मधेशलाई गरिब राखेर देश समृद्ध हुन्छ भन्ने प्रश्न गर्नुहुँदै गैरसरकारी संस्थामा कामप्रतिको संवेदनशीलता नदेखिएको बताए । अर्थमन्त्री यादवले परिणाममुखी कार्यका लागि आपसी सहकार्य र समन्वयको आवश्यकतामा जोड दिए ।

नीति आयोगका उपाध्यक्ष नाथुप्रसाद चौधरीले मिलेर काम गरे सजिलै अघि बढ्न सकिने भन्दै कार्यक्रम भइसकेपछि पुन: मूसिका भव भने जस्तो हुन नहुने बताए ।

प्रकाशित : फाल्गुन १४, २०८० २२:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एमाले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहालले अब तत्काल के गर्नुपर्छ ?

×