कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४२

जनमत पार्टीद्वारा मधेश प्रदेश सभा बैठक अवरुद्ध

सन्तोष सिंह

धनुषा — जनमत पार्टीका प्रदेश सांसदहरुले मधेश प्रदेश सभा बैठक अवरुद्ध गरेका छन् । २०८० माघ ८ गते सप्तरीको राजविराजमा तत्कालीन शिक्षा तथा संस्कृतिमन्त्री महेश यादवसहित जनमतका सांसदहरुमाथि मुख्यमन्त्रीकै अगाडि हमला भएको विषयमा मुख्यमन्त्रीले जवाफ दिनुपर्ने माग गर्दै जनमतका सांसदहरुले प्रदेश सभा बैठक अवरोध गरेका हुन् ।

जनमत पार्टीद्वारा मधेश प्रदेश सभा बैठक अवरुद्ध

मंगलबार प्रदेश सभाको बैठक सुरु हुन साथ जनमत पार्टीका महासचिव समेत रहेका चन्दन सिंह लगायतका सांसदहरु उभिएर मुख्यमन्त्रीले जवाफ नदिए बैठक चल्न नदिने अडान लिएका थिए । सधारण विषयमा सधै संसद अवरुद्ध गर्नु राम्रो नहुने भन्दै सभामुख रामचन्द्र मण्डलले संसद्को कारबाही अगाडि बढाउन खोज्दा जनमतका सांसदहरु रोष्टम घेराउ गर्दै मुख्यमन्त्रीविरुद्ध नाराबाजी गरेका छन् ।

विरोधकाबीच बैठकमा सभामुख मण्डलले खेलकुद तथा समाज कल्याणमन्त्री सुरिताकुमारी साहलाई प्रदेश बाल अधिकार ऐन २०७७ लाई संशोधनको प्रस्ताव पेस गर्न अनुमति दिएका थिए ।

मन्त्री साह रोष्टमतर्फ जाँदै गर्दा जनमत पार्टीका सांसदहरुले सरकार र मूख्यमन्त्रीविरुद्ध नाराबाजी गरेपछि प्रदेश सभा बैठक १० मिनेटकालागि स्थागित गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले फागुन ६ गते प्रदेश सभामा विश्वसको मत लिने पनि जनमतका सांसदहरुले बैठक अवरुद्ध गरेका थिए ।

मन्त्रीमाथि भएको हातपातको विषयमा मुख्यमन्त्रीले संसद्‍मा जवाफ दिने र घटनाको छानबिनका लागि संसदीय समिति गठन गर्ने विषयमा सहमति भएपछि मुख्यमन्त्रीले विश्वसको मत प्रदेश सभाबाट पाएका थिए ।

सप्तरीमा कृषि विश्व विद्यालयको भवन जसपा अध्यक्ष उपेन्द्र यादवले सिलान्यास गर्ने कार्यक्रममा जनमतले विरोध गर्दा मधेश प्रदेश सरकारमा शिक्षा मन्त्री रहेका महेश यादव सहित अन्य सांसदहरु कुटपिटबाट घाइते भएको विषमा जनमतका सांसदहरुले छनबिन हुनुपर्ने माग गर्दै आएको छ ।


प्रकाशित : फाल्गुन १५, २०८० १४:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एमाले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहालले अब तत्काल के गर्नुपर्छ ?

×